रामेछाप । गुराँसेदेवी युवा क्लबको आयोजनामा प्रथम उपराष्ट्रपति कप फुटबल प्रतियोगिता रामेछापको दोरम्बास्थित सैलुङ गाउँपालिकामा हुने भएको छ ।
प्रतियोगितामा बढीमा ३२ टिमलाई मात्र सहभागी गराइने आयोजक क्लबका अध्यक्ष मदन थापा मगरले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । उनले प्रतियोगिता खुला भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी समावेश गराइ कुनैपनि टिमले सहभागिता जनाउन पाउने बताए ।
शीर्ष चार स्थानमा रहने टिमले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाउने छन् । सर्वोत्कृष्ट खेलाडीलाई २० हजार नगदबाट पुरस्कृत गरिने छ । व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र स्ट्राइकर तथा सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगद पुरस्कार दिइने छ ।
सैलुङ गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान र उपाध्यक्ष तृशला घिसिङले प्रतियोगिताले स्थानिय पर्यटन प्रवद्र्धन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रतियोगिता असोज ३१ देखि कात्तिक ४ गतेसम्म सञ्चालन हुने छ ।
- अनिल पाचे मगरको निर्णायक गोलसँगै मिलनचोक युवा क्लब, प्रिति लाइ २८औँ भुजि लिगको उपाधि
- २८औँ भुजि लिग रनिङशिल्ड फुटबल प्रतियोगिताको क्वाटरफाइनल सम्पन्न
- २८औँ भुजि लिग रनिङशिल्डको क्वाटरफाइनल सुरु, टिम जिरि सेमिफाइनलमा प्रवेश
- २८औँ भुजि लिगः लिग चरणका खेलहरू सम्पन्न
- २८औँ भुजि लिग रनिङ शिल्डको दोस्रो दिनमा ८ खेल सम्पन्न