काठमाडौं । बिहीबारदेखि शुरु हुन गईरहेको शहिद स्मारक सी डिभिजन लिग छनौटका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) लाई नेपाली फुटबललाई समर्थन गनेै एक समूहले साथ दिने भएको छ ।
हाम्रो फुटबल नेपाल नामक फुटबल समर्थकहरुको एक समूहले एन्फालाई शहिद स्मारक सी डिभिजन छनौटमा आवश्यक सहयोग गर्न बुधबार एक कार्यक्रमका बीच दुवैबीच सहमति पनि बन्यो ।
एन्फा कम्प्लेक्समा आयोजित सम्झौता कार्यक्रममा एन्फाका तर्फबाट महासचिव इन्द्रमान तुलाधर तथा हाम्रो फुटबल नेपालका तर्फबाट अध्यक्ष कृष्ण गुरुङले सम्झौतापत्रमा हस्ताक्षर गरेर आदानप्रदान गरे ।
सहमतिअनुसार हाम्रो फुटबल नेपालले सी डिभिजन छनौट अवधिभर शुद्ध पिउने पानीका साथै ‘प्लेयर अफ द म्याच’ ट्रफीहरु एन्फालाई उपलब्ध गराउनेछ । साथै प्रतियोगिता अवधिभर अन्य आवश्यक सहयोगहरु पनि गर्ने दुवै पक्षबीच सहमति बनेको छ ।
बिहीबारदेखि शुरु हुन गईरहेको छनौट प्रतियोगितामा ७८ टोलीहरुले सहभागिता जनाउँदै छन् । असोज २३ गतेसम्म चल्ने प्रतियोगिताबाट तीन टोलीहरु सी डिभिजनमा बढुवा हुनेछन् ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न