
बि डिभिजन खेलाडी मोहन तरामु शुक्रबार तम्घासको खोलामा पौडी खेल्न खोला झरे ।
पौडी खेल्न क्रममा टाउको ढुङामा ठोकिएर गम्भीर चोट लाग्यो । उनको अहिले छातीदेखि तलको भाग चल्दैन । अचेत जस्तै छन् ।
मोहनका बुवा पुर्ण बहादुर तरामुले भर्ना गरेर शल्यक्रियाको तयारीमा रहेको बताए ।
‘छोरा बोल्दैन, अस्पतालले भर्ना गरेर शल्यक्रियाको लागि रकम मागेको छ,’उनले भने,‘पैसा जुटाउनै नसकेर केहि भन्न सकेको छैन ।’
बेडबाट उठेर मोहनले मैदानमा फेरि गोल हानेको देख्न अहिले सवैले सहयोग गर्नुको बिकल्प छैन ।
कोच ध्रुब भुसाल मोहनको लागि सहयोग गर्न अगाडि बढेका छन। भन्छन, "खेलाडीको पिडा के हो, मलाई थाहा छ तेसैले मोहनको लागि १०,००० सहयोग गरेको हुँ। भुसालले अरु खेलाडी र कोचहरुलाई पनि सहयोग गर्न आग्रह गरेका छन।
"सबै मिलेर सहयोग गरौ। खेलाडीलाई गाह्रो पर्दा हामी सबैले साथ दिनु पर्छ", भुसालले भने।
गोलनेपालले पनि रु १०,००० सहयोग गरेको छ।
तपाईं पनि सहयोग गर्न चाहनुहुन्छ भने गोलनेपाल लाई संपर्क गर्नुहोला।
- एन्फाका पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठको स्मृति सभा सम्पन्न
- टोलीको प्रदर्शनबाट एन्फा सन्तुष्ट, समस्या निराकरणका लागि सबै एकजुट हुन आवश्यकः एन्फा उपाध्यक्ष लामा
- राष्ट्रिय पुरुष फुटबल टोलीको विदाई
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फाइनल स्क्वाड घोषणा
- खेल पत्रकार हिमेशको ‘स्वर्णकथा नेपाली फुटबलको’ लोकार्पण