
पोखरा । साविक विजेता मनाङ मस्र्याङ्दी क्लब पोखरामा जारी १९औं आहा! रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाइनल मै पराजित भएको छ ।
सोमबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा मनाङले संकटा क्लबसँग ०–१ को झिनो अन्तरको हार बेहोर्दै निराश बन्न पुगेको हो । पोखरा रंगशालामा सम्पन्न प्रतिस्पर्धात्मक खेलको ४३औं मिनटमा संकटाका लागि फोडे फोफोनाले गरेको एक मात्र गोल मनाङलाई नकआउट पार्न निर्णायक बन्यो ।
निर्णायक गोलकर्ता फोफोना नै खेलको म्यान अफ द म्याच समेत चुनिए । प्रतियोगिता अन्तरगत चैत्र २४ गते मंगलबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल गत संस्करणको उपविजेता नेपाल पुलिस क्लब र थ्रीस्टार क्लबबीच हुने आयोजकले जनाएको छ ।
सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५ लाख १ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने यहि चैत्र २८ गतेका दिन हुने समेत आयोजकले जानकारी दियो ।
- गण्डकी प्रदेश लिगः एलजी एसोसिएशन र हरमटारीको जित
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने