News
थ्री नेशन्स कपको खेलतालिका सार्वजनिक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालमै हुन गईरहेको तीन देश सम्मिलित फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ ।
नेपालसहित बंगलादेश र किर्गिस्तानको ओलम्पिक टोलीले सहभागिता जनाउने प्रतियोगिता यहि आउँदो चैत १० देखि १६ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ ।
प्रतियोगिताको उद्घाट खेलमा चैत १० गतेका दिन किर्गिस्तान र बंगलादेश भिड्ने छन् । त्यस्तै चैत १२ गतेका दिन नेपाल र किर्गिस्तान भिड्ने छन् भने चैत १४ गतेका दिन लिग चरणको अन्तिम खेलमा नेपाल र बंगलादेश आमने सामने हुने छन् ।
लिग चरणको खेलपछि शिर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि फाइनलमा भिड्ने छन् । फाइनल खेल भने चैत १६ गतेका दिन हुनेछ ।
सबै खेलहरु दशरथ रंगशालामा हुनेछन् भने खेल शुरु हुने नेपाली समय ५ः३० बजे तोकिएको एन्फाले जनाएको छ ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय