दाङ । प्रथम फुर्शेकाली कप रनिङ फुटबल प्रतियोगिताको उपाधि बडहरा युवा क्लबले जितेको छ । फाइनलमा बबई फुटबल एकेडेमीलाई ४–१ ले हराउँदै बडहराले उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।
नवलपुर खेलमैदानमा सम्पन्न फाइनल भिडन्तमा बडहराका लागि आशिष पुन र आशिष जिसीले समान २–२ गोल गरे । उता पराजित बबईका लागि बादल योगीले एक मात्र सान्त्वना गोल फर्काए ।
बिजेता बनेको बडहराले उपाधिसहित नगद ५५ हजार हात पार्यो भने उपविजेता बबईले२५ हजारमा चित्त बुझायो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बडहरा कै बिक्रम बिक घोषित भए ।
त्यस्तै उत्कृष्ट गोलरक्षक बडहराका जिनिएस केसी चुनिए भने उत्कृष्ट डिफेन्डर पनि बडहरा कै तिलक घर्ती घोषित भए । उत्कृष्ट मिडफिल्डर भने बबईका सुरज तामाङ बने ।
त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार बडहराका आशिष पुनले हात पारे भने उत्कृष्ट प्रशिक्षक पनि बडहरा कै इराक घर्ती घोषित भए । अनुशाषित टिम भने हापुर युथ क्लब बन्यो ।
विजयी खेलाडीहरुलाई फाइनल खेलका प्रमुख अतिथी लुम्बिनी प्रदेश निर्माण व्यवसायी संघका अध्यक्ष बलिभद्र राणा लगायत अन्य अतिथीहरुले पुरस्कृत गरेका थिए ।
फुर्शेकाली क्लब, घोराही–१८ दाङको आयोजनामा फागुन २२ गतेदेखि शुरु प्रतियोगितामा कुल १८ टोलीहरुले सहभागिता जनाएको खेल संयोजक मदन पुन मगरले जानकारी दिए ।
- वडा नं १८ लाई तुलसीपुर अन्तर वडास्तरीय रनिङ कपको उपाधि
- रबिन चौधरीको ह्याट्रिक मद्दतमा वडा नम्बर १८ उपाधि नजिक
- वडा नम्बर १२ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको उपाधि नजिक
- वडा नम्बर ७ र १३ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको सेमिफाइनलमा
- वडा नम्बर ५ र १२ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ कपको सेमिफाइनलमा