काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता गणेशमान सिंहको १०६औं जन्मजयन्तीका अवसरमा आयोजना भएको प्रथम गणेशमान सिंह स्मृति काठमाडौं क्षेत्रस्तरीय फुटसल प्रतियोगिताको उपाधि क्षेत्र नम्बर ४ ले जितेको छ ।
नेपाल तरुण दल काठमाडौं क्षेत्र नम्बर १ को आयोजनामा मध्यबानेश्वरस्थित बानेश्वर रिक्रियसन सेन्टरमा भएको खेलमा क्षेत्र नम्बर ८ लाई ४–२ गोलले पराजित गर्दै क्षेत्र नम्बर ४ ले उपाधि जितेको हो । प्रतियोगितामा क्षेत्र नम्बर ८ का रुद्रमान सिंह उत्कृष्ट खेलाडी घोषित भए । उपाधि विजेता क्षेत्र नम्बर ४ ले १० हजार र उपविजेता क्षेत्र नम्बर ८ ले पाँच हजार नगद पुरस्कार प्राप्त गरे ।
विजेतालाई बागमती प्रदेश सांसद दीपेन्द्र श्रेष्ठ, नेपाल तरुण दल काठमाडौं जिल्ला अध्यक्ष कृष्णजी खड्का र आयोजक नेपाल तरुण दल काठमाडौं क्षेत्र नम्बर १ का अध्यक्ष दीलिप थापाले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा काठमाडौं जिल्लाको नौ वटा क्षेत्रले प्रतिस्पर्धा गरेका थिए ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै