
काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता गणेशमान सिंहको १०६औं जन्मजयन्तीका अवसरमा आयोजना भएको प्रथम गणेशमान सिंह स्मृति काठमाडौं क्षेत्रस्तरीय फुटसल प्रतियोगिताको उपाधि क्षेत्र नम्बर ४ ले जितेको छ ।
नेपाल तरुण दल काठमाडौं क्षेत्र नम्बर १ को आयोजनामा मध्यबानेश्वरस्थित बानेश्वर रिक्रियसन सेन्टरमा भएको खेलमा क्षेत्र नम्बर ८ लाई ४–२ गोलले पराजित गर्दै क्षेत्र नम्बर ४ ले उपाधि जितेको हो । प्रतियोगितामा क्षेत्र नम्बर ८ का रुद्रमान सिंह उत्कृष्ट खेलाडी घोषित भए । उपाधि विजेता क्षेत्र नम्बर ४ ले १० हजार र उपविजेता क्षेत्र नम्बर ८ ले पाँच हजार नगद पुरस्कार प्राप्त गरे ।
विजेतालाई बागमती प्रदेश सांसद दीपेन्द्र श्रेष्ठ, नेपाल तरुण दल काठमाडौं जिल्ला अध्यक्ष कृष्णजी खड्का र आयोजक नेपाल तरुण दल काठमाडौं क्षेत्र नम्बर १ का अध्यक्ष दीलिप थापाले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा काठमाडौं जिल्लाको नौ वटा क्षेत्रले प्रतिस्पर्धा गरेका थिए ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै