News
बी डिभिजन लिगः दुवै खेल गोलरहित बराबरीमा

काठमाडौं । शहिद स्मारक बी डिभिजन लिगतर्फ शनिबार भएका दुई खेलहरु गोलरहित बराबरीमा सकिएका छन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा पुल्चोक स्पोर्टस क्लब र श्री भगवती क्लबले गोलरहित बराबरी खेले भने दोस्रो खेलमा बाँसबारी क्लब र श्री कुमारी क्लबले पनि बराबरी खेल्दै अंक बाँडे ।
पहिलो खेलको नतिजापछि पुल्चोक ७ खेलबाट मात्र २ अंक जोड्दै लिगतालिकाको पुछारमा छ भने ६ अंक जोडेको श्री भतवती नवौं स्थानमा छ । त्यस्तै दोस्रो खेलको नतिजापछि बाँसबारी क्लब ७ खेलबाट १५ अंक जोड्दै तेस्रो स्थानमा रहँदा श्री कुमारी क्लब भने ७ अंकका साथ आठौं स्थानमा छ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै