काठमाडौं। ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंको आयोजनामा सम्पन्न चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कप २०८३ को पुरुषतर्फको उपाधि मैवाखोला गाउँपालिकाले हात पारेको छ।
भाद्र १३ गते सम्पन्न फाइनल खेलमा मैवाखोला गाउँपालिकाले मिरिङदेन गाउँपालिकालाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो।
उपाधिसँगै मैवाखोला गाउँपालिकाले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता मिरिङदेन गाउँपालिकाले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ।
प्रतियोगिताको व्यक्तिगत विधातर्फ मैवाखोलाका विमान नेयोङ उत्कृष्ट गोलरक्षक घोषित भए भने मिरिङदेनका क्युमिन लिम्बु उत्कृष्ट खेलाडी चुनिए। दुवैले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।
त्यस्तै, महिला विधातर्फ ताप्लेजुङ ‘क’ (सिदिङबा एफसी) च्याम्पियन बनेको छ। विजेता टोलीले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता ताप्लेजुङ ‘ख’ ले नगद ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।