काठमाडौं । फुटबलप्रेमीहरूको साझा संस्था फुटबलर्स मिसन टुगेदरले तेस्रो संस्करणको भेट्रान्स फुटबल प्रतियोगिता–२०८३ आयोजना गर्ने भएको छ। प्रतियोगिता २०८३ कार्तिक १० गतेदेखि काठमाडौंमा सञ्चालन हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीका लागि टिम दर्ता शुल्क रु. २०,००० निर्धारण गरिएको छ। प्रतियोगिताको विजेता टोलीले नगद रु. ८ लाख तथा उपविजेता टोलीले नगद रु. ५ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
यसपटक प्रतियोगितालाई अझ व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन खेलाडीहरूको उमेर समूहसम्बन्धी विशेष मापदण्ड तय गरिएको प्रतियोगिता समितिले जनाएको छ। प्रत्येक टोलीमा ४०–४५ वर्ष उमेर समूहका ३ जना, ४५–५० वर्ष उमेर समूहका ६ जना तथा ५० वर्षभन्दा माथिका २ जना खेलाडी अनिवार्य समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ। यससम्बन्धी संशोधित जन्ममिति मापदण्ड पनि सार्वजनिक गरिएको छ।
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न