
काठमाडौं । यस सिजन भारतको चर्चित आइ लिग खेल्न एजवाल एफसीमा आवद्ध भएका नेपालका स्टार फरवार्ड अभिषेक रिजाल अनिवार्य क्वारन्टिनपछि सोमबार क्लबको नियमित अभ्यासमा फर्र्किएका छन् ।
अभिषेक अभ्यासमा फर्किएको कुरा एजवालले आफ्नो आधिकारिक सामाजिक सञ्जालबमा तस्विर पोष्ट गर्दै सार्वजनिक समेत गरेको छ । मैदान फर्किएसँगै अभिषेकले मंगलबार घरेलु मैदान राजीव गान्धी स्टेडियममा हुने रियल काश्मिर एफसी विरुद्धको खेलमा डेब्यु गर्ने सम्भावना पनि छ ।
स्मरण रहोस, एजवालले बिहीबार मात्र आइ लिगतर्फ मोहम्मद स्र्पोटिङ क्लबलाई ३–० ले हराएको थियो । लिगतालिकामा एजवाल हाल ८ खेलबाट १२ अंकका साथ पाँचौं स्थानमा छ । लिगको शिर्ष स्थानमा भने १६ अंकका साथ चर्चिल ब्रदर्श रहेको छ ।
यस सिजन आइ लिग खेल्ने अभिषेक तेस्रो नेपाली खेलाडी समेत हुन् । यसअघि किरन चेम्जोङले राउण्डग्लास पञ्जाब एफसीका लागि खेलिरहेका छन् भने प्रकाश बुढाथोकीले नेरोकाका लागि यसै सिजन डेब्यु गरिसकेका छन् ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै