उमरजन, बारा । करैयामाई गाउँपालिकाको आयोजनामा सञ्चालन भएको तेस्रो करैयामाई गोल्डकप फुटबल प्रतियोगिता २०८३ को उपाधि बकुलिया युवा क्लब ले जितेको छ।
आइतबार सम्पन्न फाइनल खेलमा बकुलियाले नव जन जागृति युवा क्लब लाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो।
खेलको सुरुआतदेखि नै दुवै टोलीबीच प्रतिस्पर्धात्मक खेल देखिएको थियो। पहिलो हाफमा दुबै टोलीले केही अवसर सिर्जना गरे पनि गोल निकाल्न नसक्दा खेल ०–० को बराबरीमा सकिएको थियो।
दोस्रो हाफमा भने बकुलियाले निर्णायक गोल निकाल्दै खेलको ५१औं मिनेटमा बकुलिया युवा क्लबका सविन चौधरी ले उत्कृष्ट फिनिसिङ गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि नव जन जागृति खेलमा फर्किन प्रयासरत रहे पनि बराबरी गोल गर्न नसक्दा सविनको गोल नै खेलको निर्णायक गोल सावित भयो।
फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै विजयी गोल गरेका बकुलियाका सविन चौधरी ‘म्यान अफ दि म्याच’ घोषित भए। उनले नगद रु. १ हजार सहित ट्रफी प्राप्त गरे।
उपाधिसँगै बकुलिया युवा क्लब ले नगद रु. ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। उपविजेता बनेको नव जन जागृति युवा क्लब ले नगद रु. ३५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएका छन्।
विधागत पुरस्कार तर्फ उत्कृष्ट गोल रक्षक बकुलियाका तपरेज मिया, उत्कृष्ट डिफेन्डर सञ्जय चौधरी, उत्कृष्ट मिडफिल्डर सुमित चौधरी, सर्वोच्च गोल कर्ता नव जन जाग्रीतिका बिकास दर्लामी मगर, उत्कृष्ट फरवार्ड चतुर्धन चौधरी हुँदै क्रमशः नगद रु. एक हजार सहित ट्रफि प्राप्त गरेका छन् ।
- निजगढ फुटबल क्लबका डिफेन्डर सुजित यू-१५ राष्ट्रिय फुटबल टोलीमा छनौट
- महिला मैत्रीपूर्ण खेलमा रौतहट जिल्ला फुटबल संघको सानदार जित
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने
- नव जन जागृति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको पहिलो फाइनलिस्ट