भद्रपुर । चन्द्रगढी युवा क्लबको आयोजनामा तथा ओम साई पाथिभरा हस्पिटल को मुख्य प्रायोजनमा सन्चालन भैरहेको ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप फुटबल प्रतियोगिताको आज अन्तिम सेमिफाइनल खेल सम्पन्न भएको छ। उक्त खेलमा एपीएफ एफसीले चर्च ब्वाइज युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।
खेलको पहिलो हाफको ३४औं मिनेटमा एपीएफकी रस्मी कुमारी घिसिङले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। सोही क्रममा दोस्रो हाफमा पुनः घिसिङले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाइन्। त्यसपछि टोलीकी कप्तान अनिता बस्नेतले अर्को आकर्षक गोल थप्दै एपीएफलाई सहज जित दिलाइन्।
खेलमा उत्कृष्ट प्रदर्शन गरेकी एपीएफ एफसीकी रेनुका नगरकोटी ‘प्लेयर अफ दि म्याच’ घोषित हुँदै नगद रु. ११,००० प्राप्त गर्न सफल भइन्।
प्रतियोगिताको विजेताले नगद रु. ११,००,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु. ५,००,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विधागत पुरस्कारको रुपमा नगदसहित ट्रफीको पनि व्यवस्था रहेको छ।

- बगान युथ दोस्रो बिर्तामोड युनाइटेड च्यालेञ्ज कपको सेमिफाइनलमा
- शनिश्चरे एफसी बिर्तामोड च्यालेञ्ज कपको सेमिफाइनलमा
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि