काठमाडौं । लिग उपाधि होडमा आफ्नो पनि बलियो चुनौति पेश गरेको त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिगमा आइतबार चन्द्रपुर नगरपालिका, रौतहट माथि ६–१ को शानदार जित निकाल्यो ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मीका लागि रश्मी घिसिङ एक्लैलै चार गोल गर्दै ह्याट्रिक पनि पूरा गरिन् । खेल शुरु भएको दशौं मिनट मै रश्मीले आर्मीका लागि पहिलो गोल गरेकी थिईन् । लगतै २२औं मिनटमा रश्मीले नै त्यो अग्रता दोब्बर पारिन् ।
त्यसको एक मिनट लगतै बिमला चौधरीले आर्मीका लागि तेस्रो गोल गरिन् । यद्यपि पहिलो हाफ कै इन्जुरी समयमा रजनी थोकरले चन्द्रपुरका लागि एक गोल फर्काउन सफल भईन् । तर पनि खेलमा शुरुवातबाटै हावी बनेको आर्मीका लागि ५०औं मिनटमा रश्मीले पेनाल्टीबाट व्यक्तिगत तेस्रो र टोलीका लागि चौथो गोल गर्दै ह्याट्रिक समेत पूरा गरिन् ।
त्यस्तै ५६औं मिनटमा बिमला चौधरीले व्यक्तिगत दोस्रो तथा आर्मीका लागि पाँचौं गोल थपिन भने त्यसको पाँच मिनट लगतै रश्मीले व्यक्तिगत चौथो तथा टोलीका लागि छैटौं गोल गर्दै विभागीय टोलीको शानदार जित पक्का गरिन् ।
यो जितसँगै १० खेलबाट २५ अंक जोडेको आर्मी लिगतालिकाको दोस्रो स्थानमा छ । र लिगलिडर एपिएफ भन्दा दुई अंकले मात्र पछाडी छ । यद्यपि आर्मीले एपिएफले भन्दा एक खेल बढी समेत खेलेको छ । उता पराजित चन्द्रपुर भने १० खेलबट ६ अंकका साथ छैटौं स्थानमा छ ।
लिगमा सोमबार दुई खेलहरु हुने
महिला लिगमा फागुन ३ गते सोमबारका दिन दुई खेलहरु हुनेछन् । पहिलो खेलमा दुई विभागीय टोली एपिएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् भने दोस्रो खेलमा वालिङ नगरपालिका, स्याङ्जा र बिराटनगर महानगरपालिका, मोरङ् भिड्ने एन्फाको खेलतालिकामा उल्लेख छ ।
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि