काठमाडौं । ह्वि प्ले स्पोर्ट्स एकेडेमीको आयोजना तथा सञ्चालनमा भएको फर्स्ट ह्वि प्ले भेट्रान्स फुटसल प्रतियोगिता–२०८२ आज सम्पन्न भएको छ।
प्रतियोगिताको फाइनल खेलमा फ्रिडम फाइटर भेट्रान्सले हाइवे भेट्रान्सलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको हो। प्रतिस्पर्धात्मक खेलमा फ्रिडम फाइटरले उत्कृष्ट प्रदर्शन गर्दै जित सुनिश्चित गरेको थियो।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका फ्रिडम फाइटर भेट्रान्सका राज पौडेल ‘म्यान अफ द टुर्नामेन्ट’ घोषित हुँदै नगद रु १०,००० सहित ट्रफी प्राप्त गरे। त्यसैगरी, उत्कृष्ट गोलरक्षकको उपाधि फ्रिडम फाइटरकै सचिन श्रेष्ठले जित्दै नगद रु १०,००० सहित ट्रफी हात पारे।
उपाधि विजेता फ्रिडम फाइटर भेट्रान्सले नगद रु १,००,००० सहित ट्रफी र मेडल प्राप्त गरेका छन् भने उपविजेता टोली हाइवे भेट्रान्सले नगद रु ५०,००० सहित ट्रफी र मेडलमा चित्त बुझाएको छन्।
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि