News
शहिद स्मारक एन्फा महिला लिग चैत्र पहिलो सातादेखि
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शहिद स्मारक एन्फा महिला लिग फुटबल प्रतियोगिता आउँदो चैत ४ गतेदेखि शुरु हुने भएको छ ।
मंगलबार एन्फाका पदाधिकारी र सहभागि हुने क्लबका प्रतिनिधीहरुबीच भएको बैठक र छलफलपछि महिला लिग चैत ४ गतेबाट गर्ने निर्णय भएको हो । त्यस्तै सम्बन्धित क्लबहरुले खेलाडी दर्ता यही फागुन २९ गतेसम्म गर्नुपर्ने समेत एन्फाले जनाएको छ ।
एन्फाका अनुसार लिगका सबै खेलहरु काठमाडौं मै हुनेछन् । यद्यपि एन्फा कम्प्लेक्समा हुने वा वा दशरथ रंगशालामा हुने त्यसबारे भने विस्तृत खुलाइएको छैन ।
स्मरण रहोस, केही दिन अघि मात्रै उदयपुरमा एन्फा महिला च्याम्पियनसिप सम्पन्न भईसकेको छ । जहाँ एपिएफले उपाधि जितेको थियो ।
Post Comments
Related News
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- बुटवलमा जारी दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगितामा सङ्कटाको फराकिलो जित