केराबारी । मोरङको केराबारीस्थित मच्छिन्द्र रंगशालामा आजबाट सुरु भएको चौँथो अन्तर्राष्ट्रिय आमन्त्रण मच्छिन्द्र गोल्ड कप २०८२ को उद्घाटन खेल अत्यन्त रोमाञ्चक र प्रतिस्पर्धात्मक रह्यो। साविक विजेता पानबारी फुटबल क्लब, धरान (सुनसरी) लाई ३–२ गोल अन्तरले पराजित गर्दै झापा–११, बिर्तामोडले शानदार कमब्याक जीत दर्ता गरेको हो।
खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो। पानबारीका सिर्जनराज गौतमले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि झापा–११ का कप्तान निकेश श्रेष्ठले उत्कृष्ट प्रहारमार्फत बराबरी गोल फर्काउँदै खेललाई सन्तुलनमा ल्याए।
दोस्रो हाफमा अब्योमी फाकुनेले पुनः गोल गर्दै पानबारीलाई २–१ को अग्रता दिलाए। तर झापा–११ ले हार मानेन। सन्जोक खापाङ्गीले सशक्त गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए। त्यसपछि राजेश दाहालले निर्णायक गोल गर्दै झापालाई ३–२ को महत्वपूर्ण जित दिलाए।
पूरा समयसम्मको रोमाञ्चक प्रतिस्पर्धापछि झापा–११ ले कमब्याक गर्दै उद्घाटन खेल आफ्नो पक्षमा पार्न सफल भयो। उत्कृष्ट प्रदर्शनका लागि झापा–११ का कप्तान निकेश श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए।
प्रतियोगिताको विजेताले नगद रु. ४ लाख तथा उपविजेताले रु. २ लाख पुरस्कार प्राप्त गर्नेछन्।
यस प्रतियोगिताको मुख्य प्रायोजक केराबारी गाउँपालिका, मोरङ (कोशी प्रदेश) रहेको छ भने आयोजक केराबारी फुटबल क्लब, केराबारी, मोरङ हो। प्रतियोगिता माघ २८ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुनेछ।
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा