News छथर गाउँपालिका र अल स्टार तेस्रो पौवादुङमा गोल्डकपको क्वाटरफाइनलमा
गोलनेपाल

पौवादुङमा । छथर गाउँपालिका, तेह्रथुम र अल स्टार क्लब, धरान यहाँ जारी तेस्रो पोवादुङ गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार भएको दिनको पहिलो खेलमा छथर गाउँपालिकाले योङ ब्वाईज, धरानलाई ३–० ले हराउँदै क्वाटरफाइनलमा स्थान बनायो । छथरको जितमा असिम राई, मिलन लिम्बु र सुसन लामाले गोल गरे । खेलमा छथरका मिलन लिम्बु म्यान अफ दि म्याच समेत चुनिए ।

त्यस्तै दिनको दोस्रो खेलमा अल स्टारले जरायोटार फुटबल क्लब, भोजपुरलाई पेनाल्टी शुटआउटमा ४–३ ले हराउँदै अन्तिम आठको यात्रा तय गर्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ अल स्टारका लागि फुर्वा तामाङले गोल गरेका थिए भने जरायोटारका लागि रोहन गुरुङले गोल गर्दा । यद्यपि टाईब्रेकरमा अल स्टार सफल बन्यो । खेलमा अल स्टारका गोलरक्षक मनोज परियार म्यान अफ दि म्याच चुनिए ।

तेस्रो पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता तथा माघी मेला आयोजक समिति, पौवादुङमा, भोजपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २३ गतेका दिन हुनेछ ।

 

Post Comments