रुद्रपुर । रानीबगिया फुटबल क्लब, सैनामैना र सुनौलो संगम फुटबल क्लब, कञ्चन रुपन्देहीमा जारी चौथो रुद्रपुर कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार भएको दिनको पहिलो खेलमा रानीबगियाले चाँदनी युवा क्लब, दानापुरलाई पेनाल्टी शुटआउटमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ रानीबगियाका लागि मोहित थापा र लखन थापाले गोल गरे भने चाँदनीका लागि सम्राट शिरिष र मदन रहादीले गोल गरेका थिए ।
टाईब्रेकरमा भने रानीबगिया विजयी बन्यो । खेलमा रानीबगियाका अनुभवी गोलरक्षक बिक्रम राना म्यान अफ दि म्याच घोषित भए ।
त्यस्तै दोस्रो खेलमा सुनौलो संगमले बुद्धभुमी एकेडेमी, सैनामैनालाई २–० ले पराजित गर्यो । सुनौलो संगमको जितमा मिलन गुरुङ र सुशान्त क्षेत्रीले गोल गरे । खेलमा म्यान अफ दि म्याच भने पराजित बुद्धभूमिका बिपिन केसी घोषित भए ।
प्रतियोगिता अन्तर्गत पुष २६ गते शनिबारको पहिलो क्वाटरफाइनल खेल १२ बजे गौतम बुद्ध सामुदायिक विकास केन्द्र र मुर्गिया फुटबल क्लब बीच हुनेछ भने दोस्रो क्वाटरफाइनल खेल समपुर्ण युवा क्लब र देवदह ब्वाईज बीच २ बजे हुने खेल संयोजक दृष्टि राना मगरले जानकारी दिए ।
रुद्रपुर युवा क्लब, कञ्चन–४, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,३१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल माघ १ गतेका दिन हुनेछ ।
- चौंथो ताप्लेजुङ गोल्डकप भाद्र १२ देखि १९ गतेसम्म
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश