News
नयाँ फिफा रेफ्री ब्याज वितरण
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र एन्फा रेफ्री एसोसिएशनले नेपालका फिफा रेफ्री तथा फिफा सहायक रेफ्रीहरुलाई बर्ष २०२१ को फिफा रेफ्री ब्याज एक कार्यक्रमका बीच वितरण गरेका छन् ।
नयाँ फिफा रेफ्री ब्याज पाउनेहरुमा फिफा रेफ्रीहरुतर्फ प्रज्वल श्रेष्ठ, प्रकाशनाथ श्रेष्ठ, कबिन व्यन्जनकार, अन्जना राई र नबिन्द्र महर्जन रहेका छन् । त्यस्तै नयाँ ब्याज पाउने सहायक फिफा रेफ्रीहरुमा युनाल मल्ल, किशन यादव, बिना श्रेष्ठ, माधव खत्री, बिक्रम चौधरी, सहदेव श्रेष्ठ र ननिराम थापा रहेका छन् ।
सो अवसरमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फा रेफ्री एसोसिएशनका अध्यक्ष बुद्धि गुरुङ लगायत अन्य एन्फा पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
Post Comments
Related News
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि