हेटौंडा । हेटौंडाको गौरीटार रंगशालामा जारी एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको फाइनलमा पोखराको लालिगुरास एसोसिएसन क्लब र काठमाडौंको चित्लाङ फुटबल क्लब भिड्ने भएका छन् ।
आज सम्पन्न पहिलो सेमिफाइनलमा लालिगुरासले सुर्खेतको काक्रेबिहार युवा क्लबलाई २–० ले पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गर्यो। खेलको २० औँ मिनेटमा मुकुन्द कुमार निउरेले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि राम थापाले खेलको अन्तिम मिनेटमा दोस्रो गोल गर्दै जित पक्का गरे। उत्कृष्ट प्रदर्शनका आधारमा निउरे खेलको ‘म्यान अफ द म्याच’ घोषित भए।
त्यसैगरी दोस्रो सेमिफाइनलमा चित्लाङ फुटबल क्लबले नव जन जागृती युवा क्लब, सिमरालाई रोमाञ्चक सडन डेथ पेनाल्टी सुटआउटमा ९–८ ले पराजित गर्दै फाइनल प्रवेश सुरक्षित गर्यो। निर्धारित ९० मिनेटमा दुवै पक्षबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो। पेनाल्टीमा चित्लाङका गोलकिपर बिशाल केसी निर्णायक बने, उनले दुई वटा प्रहार रोक्दै टोलीलाई फाइनलमा पुर्याए। उत्कृष्ट प्रदर्शनसहित केसी ‘म्यान अफ द म्याच’ घोषित भए।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)