ठोरी । पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा न. चार विजयबस्तिमा जारी स्वर्गीय राम बहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्ड कप पुरुष फुटबल प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न पहिलो क्वाटर फाइनल खेलमा अल्टोकी युवा क्लब रौतहटलाई सुन्यका विरुद्ध चार गोल अन्तरले हराउँदै हनामी बी.ए.फसी चितवन सेमिफाइनलमा प्रवेश गरेको छ ।
चितवनलाई सेमिफाइनलमा स्थान सुरक्षित गर्नको लागि खेलको दोस्रो मिनेटमा कुलदीप कार्कीले पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको २९ औ मिनेटमा शिशिर लेखीको क्रसमा आकाश थापा मगरले गोल गर्दै अग्रतालाई दोब्बर गरेका थिए।
त्यस्तै खेलको ३१ औ मिनेटमा गणेश हमालले गोल गर्दै अग्रतालाई तेब्बर गर्न सफल भए हुन। अल्टोकीको लागि पहिलो हाफमा कुनै खेलाडीले गोल गर्न नसक्दा तिन शुन्यले पछि परेको थियो। दोस्रो हाफ निकै रोमाञ्चक चल्दा चितवनको लागि निर्मल घिसिङले खेलको ६८ औँ मिनेटमा गोल गर्दै जित सुनिश्चित गरेका हुन्।
उक्त खेलको म्यान अफ दि म्याच हनामी बि.एफ.सी चितवनका आकाश थापा मगर बनेका थिए भने उनले नगद रु २५०० सहित ट्रफी मेडल प्राप्त गरे।