News
पाँचौं मेरिङदेन कप फुटबल प्रतियोगिता कार्तिक ७ गतेदेखि
ताप्लेजुङ । पृथ्वी तथा लेस्नमाया स्मृति युवा क्लब, मेरिङदेन–३ खाम्लुङ ताप्लेजुङको आयोजनामा अन्तर जिल्ला स्तरीय आमन्त्रित पाँचौं मेरिङदेन कप पुरुष फुटबल प्रतियोगिता–२०८२ कार्तिक ७ गते देखि १२ गते सम्म सन्चालन हुने भएको छ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, विकास, शिक्षा र अनुशासन युवाहरूको अभियान” भन्ने नाराका साथ हुन गइरहेको प्रतियोगितामा विभिन्न जिल्लाका टिमहरूको सहभागिता रहने आयोजक क्लबले जनाएको छ।
प्रतियोगितामा पहिलो हुने टिमले रु. १,५१,१८२/- र दोस्रो हुने टिमले रु. ८१,१८२/- पुरस्कार प्राप्त गर्नेछन्। साथै, उत्कृष्ट खेलाडी, गोलकिपर, फर्वार्ड, मिडफिल्डर र डिफेन्डरलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगिता ७-ए-साइड (7A Side) मैदानमा खेलाइने समेत आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- ताप्लेजुङको सॉवामा दोस्रो अलैँची कप मंसिर २ देखि, विजेताले ३ लाख २ हजार रुपैयाँको अलैँची पाउने
- सिरिजङगा गोल्डकप तथा सिरिजङगा मेला–२०८३ मंसिर २३ देखि २९ गतेसम्म हुने
- ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिकट बिक्री
- ताप्लेजुङ गाेल्डकपमा टिकट बिक्रीबाट सवा ३८ लाख संकलन
- सल्हेश सिरहालाई दोस्रोपटक ताप्लेजुङ गोल्डकपको उपाधि