News फिफा यु–२० विश्वकपः स्पेन स्तब्ध, ब्राजील रोकियो, अर्जेन्टिनाको जित
गोलनेपाल

काठमाडौं (एजेन्सी) । चिलीमा जारी फिफा यु–२० विश्वकपतर्फ दावेदार मध्ये एकका रुपमा हेरिएको पूर्वविजेता स्पेनले पहिलो खेलमै हार बेहोर्दा सोही समूहमा रहेको ब्राजील बराबरीमा रोकिएको छ ।

समूह सी तर्फको आफ्नो पहिलो खेलमा स्पेनले मोरक्कोसँग ०–२ को हार बेहोर्दै प्रतियोगितामा खराब शुरुवात गरेको हो । समूह सी कै अर्को खेलमा पाँचपल्टको विजेता ब्राजीलले मेक्सिकोसँग २–२ को बराबरी खेल्दै अंक बाँड्यो ।

त्यस्तै समूह डी तर्फ सर्वाधिक ६ पल्टको विजेता अर्जेन्टिनाले क्युबामाथि ३–१ को जित दर्ता गर्दै प्रतियोगितामा विजयी शुरुवात गर्यो । त्यस्तै समूह डी कै अर्को खेलमा इटालीले अष्ट्रेलियामाथि १–० को साँघुरो जित निकाल्दै विजयी शुरुवात गर्न सफल भयो ।

प्रतियोगितामा सहभागि कुल २४ टोलीहरुलाई ६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली र उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने चार टोलीहरु नकआउट चरणमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल १९ अक्टुबरका दिन चिलीको राजधानी सान्टियागोमा हुनेछ ।

Post Comments