News
एएफसी महिला च्याम्पियन्स लिग छनौटः पहिलो खेलमै एपिएफ निराश
काठमाडौं । उज्वेकिस्तानमा सोमबारदेखि शुरु एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको छनौट प्रतियोगिता अन्तर्गत नेपालको प्रतिनिधित्व गरीरहेको एपिएफ फुटबल क्लबले पहिलो खेल मै हार बेहोरेको छ ।
समूह बी मा रहेको एपिएफले सोमबार अबेर राती सम्पन्न खेलमा घरेलु टोली उज्वेकिस्तानको एफसी नसाफसँग ०–३ को निराशाजनक हार बेहोरेको हो । पहिलो हाफ मै तीन गोल खाएको एपिएफका लागि त्यही नतिजा निर्णायक बन्यो ।
एपिएफले आफ्नो आगामी खेल २८ अगस्तका दिन थाइल्याण्डको कलेज अफ एसियन स्कलर्ससँग खेल्नेछ । एसियन स्कलर्सले सोमबार नै भएको समुह चरणको पहिलो खेलमा अल नासरलाई २–० ले हराएको थियो ।
Post Comments
Related News