काठमाडौं । एएफसी यु-२३ एसियन कप छ्नौट प्रतियोगिता खेल्ने तयारीमा रहेको नेपाली यु-२३ फुटबल टोलीको फाइनल स्क्वाड घोषणा गरिएको छ ।
मुख्य प्रशिक्षक नवीन न्यौपानेले शुक्रबार २३ सदस्यीय फाइनल स्क्वाड घोषणा गरेका हुन । स्मरण रहोस, नेपालले आउँदो सेप्टेम्बर ३ देखि ९ तारीखसम्म ताजिकिस्तानमा हुने एएफसी यु-२३ एसियन कप छ्नौट खेल्दैछ ।
छ्नौट प्रतियोगितातर्फ समूह के मा रहेको नेपालले आयोजक ताजिकिस्तानसँगै सिरिया र फिलिपिन्ससँग खेल्ने कार्यक्रम छ ।
यस्तो छ यु-२३ फाइनल स्क्वाड:
गोलकिपर्स: कृशल मोक्तान, अमित तामाटा, विशाल केसी
डिफेन्डर्स: विवेक गुरुङ, विशाल नेपाली, लाहन सुब्बा, निगम लामा, राम थापा, शंकर थारु, सिमन्त थापा
मिडफिल्डर्स: अभिषेक सेङ्ताङ, आयुष घलान, एरन थापा, निराज कार्की, दिपेश गुरुङ, कृतिश रत्न चुन्जु, पुजन थापा, सञ्जीव लामा, सन्तोष खत्री, सुजन मगर, सुमित श्रेष्ठ
फरवार्डस: रोहन खड्गी, निराजन धामी
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)