News
एन्फा युथ लिगः पुलिसको शिर्षता कायमै, मनाङको पनि जित
काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लबले महत्वपूर्ण जित हात पार्दै आफ्नो शिर्षतालाई कायम राखेको छ ।
एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–१ ले पराजित गर्यो । पुलिसको जितमा समिर कुमार, मेसी विर विबक्रम शाह र रोनी विर बिक्रम शाहले गोल गरे । पराजित आर्मीका लागि भने जोएल गुरुङले एक मात्र गोल फर्काएका थिए ।
यो जितपछि ११ खेलबाट २८ अंक जोडेको पुलिस लिगतालिकाको शिर्ष स्थानमा यथावत छ । उता पराजित आर्मी भने ६ अंकका साथ १२औं स्थानमा संघर्षरत छ ।
त्यस्तै सोमबार नै भएको दिनको अन्तिम खेलमा मनाङ मस्र्याङ्दी क्लबले फ्रेण्डस क्लबमाथि २–१ को जित निकाल्दै आफ्नो खातामा महत्वपूर्ण ३ अंक जोड्न सफल भयो ।
Post Comments
Related News
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- नेपाल फुटबल स्कुललाई उपाधि