काठमाडौं । जारी एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगितातर्फ आइतबार सम्पन्न भएका तीन खेलहरु मध्ये दुई खेलमा फ्रेण्डस क्लब र एनआरटीले जित हात पार्दा साविक विजेता चर्च ब्वाईज युनाइटेड र संकटा फुटबल क्लबले बराबरी खेलेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा फ्रेण्डस क्लबले एपिएफ फुटबल क्लबलाई ३–१ ले हरायो । यो जितपछि ९ खेलबाट १९ अंक जोडेको फ्रेण्डस लिगतालिकाको दोस्रो स्थानमा छ । पराजित एपिएफ भने १५ अंकका साथ छैटौं स्थानमा रहेको छ ।
त्यस्तै आइतबार नै भएको अर्को खेलमा एनआरटीले प्लानिङ ब्वाईज युनाइटेडमाथि ५–१ को प्रभावशाली जित निकाल्यो । यो जितपछि ९ खेलबाट ८ अंक जोडेको एनआरटी शिर्ष दशभित्र उक्लिएको छ । उता पराजित प्लानिङ ब्वाईज भने ६ अंकका साथ पुछारतिर १३औं स्थानमा संघर्षरत छ ।
त्यसैगरी आइतबार नै भएको अर्को खेलमा चर्च ब्वाईज युनाइटेड र संकटा फुटबल क्लबले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । यो नतिजापछि ९ खेलबाट १९ अंक जोडेको संकटा शिर्षता कै होडमा छ । उता चर्च ब्वाईज भने १४ अंकका साथ सातौं स्थानमा छ ।
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- नेपाल फुटबल स्कुललाई उपाधि