News
संकटासँग मनाङ पराजित, प्लानिङ ब्वाईजसँग आर्मी स्तब्ध
काठमाडौं । एन्फा यु–१६ युथ लिगतर्फ संकटा फुटबल क्लब शिर्ष तीनभित्र उक्लिदा प्लानिङ ब्वाईज युनाइटेडले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले मनाङ मस्र्याङदी क्लबलाई २–० ले हरायो । संकटाको जितमा नवराज तिरुवा र प्रज्ज्वल लुम्रेले गोल गरे ।
यो जितसँगै ६ खेलबाट १५ अंक जोडेको संकटा लिगतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । र शिर्ष स्थानको टोली पुलिस भन्दा एक अंकले मात्र पछाडी छ । उता पराजित मनाङ भने ११ अंकका साथ पाँचौं स्थानमा छ ।
त्यस्तै आइतबार नै भएको दोस्रो खेलमा प्लानिङ ब्वाईजले त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ ले हराउँदै महत्वपूर्ण तीन अंक जोड्यो । यो जितपछि प्लानिङ ब्वाईज ६ खेलबाट ६ अंकका साथ ११औं स्थानमा छ । पराजित आर्मी भने ३ अंकका साथ १३औं स्थानमा छ ।
Post Comments
Related News
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- नेपाल फुटबल स्कुललाई उपाधि