काठमाडौं । एन्फा यु-१६ युथ लिगतर्फ सोमबार शुरुवाती दुई खेलहरुमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेण्ड्स क्लबले जित हात पार्दै आ-आफ्नो खातामा तीन/तीन अंक जोडेका छन ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा मनाङले चर्च ब्वाईज युनाईटेडलाई ४-३ ले पराजित गर्यो । मनाङको जितमा राम आर्जेलले दुई गोल गर्दा रोहन थापा र धर्बिन्द्र बोहराले समान १/१ गोल गरे । उता पराजित चर्च ब्वाईजका लागि सुशान थापाले दुई गोल गर्दा थप एक गोल सुजित लामाले गरे ।
यो जितपछी हालसम्म अपराजित रहेको मनाङ १० अंकका साथ शिर्ष तीन कै होडमा छ । उता पराजित चर्च ब्वाईज भने ३ अंकका साथ दशौं स्थानतिर झरेको छ ।
सोमबार नै सम्पन्न अर्को खेलमा फ्रेण्ड्सले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३-० ले हरायो ।
फ्रेन्डसको जितमा पुरन श्रेष्ठ र मनदिप ढुंगेलले गोल गरे । थप एक गोल भने फ्रेन्ड्सले आत्मघाती गोलका रुपमा पाएको थियो ।
यो जितपछी चार खेलबाट ९ अंल जोडेको फ्रेन्ड्स लिगतालिकाको चौथो स्थानमा छ । लगातार तेस्रो हार बेहोरेको आर्मी भने ११औं स्थानमा झरेको छ ।
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- नेपाल फुटबल स्कुललाई उपाधि