News अमेरिका कनकाफ गोल्डकपको क्वाटरफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । जारी कनकाफ गोल्डकपको सह–आयोजक समेत रहेको अमेरिका लगातार दोस्रो जितका साथ प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

समूह डी तर्फ आफ्नो दोस्रो खेलमा अमेरिकाले बलियो प्रतिद्वन्द्वी साउदी अरेबियालाई १–० ले पराजित गर्यो । ६३औं मिनटमा क्रिस्टोफर रिचार्डले गरेको एक मात्र गोल अमेरिकालाई जित दिलाउन निर्णायक गोल बन्यो ।

समूह डी कै अर्को खेलमा ट्रिनिडाड एण्ड टोबागोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । समूह डी बाट अमेरिका क्वाटरफाइनलमा प्रवेश गरेसँगै अनय तीनै टोलीको सम्भावना पनि कायम छ । २ खेलबाट ६ अंक जोडेको अमेरिका शिर्ष स्थानमा छ ।

३ अंकका साथ साउदी दोस्रो स्थानमा रहँदा समान १–१ अंक जोडेका हाइटी र ट्रिनिडाड एण्ड टोबागो क्रमशः तेस्रो र चौथो स्थानमा छन् । समूह चरणको अन्तिम खेलमा २२ जुनका लागि साउदीले ट्रिनिडाड एण्ड टोबागोसँग खेल्नेछ भने सोही दिन हाइटीले अमेरिकाको सामना गर्नेछ । यी अन्तिम दुई खेलबाट क्वाटरफाइनल प्रवेश गर्ने दोस्रो टोलीको टुंगो लाग्नेछ ।

Post Comments