News
फिफा क्लब विश्वकपमा बायर्नको शानदार शुरुवात

काठमाडौं (एजेन्सी) । अमेरिकामा जारी फिफा क्लब विश्वकपतर्फ जर्मन जायन्ट बायर्न म्युनिखले समूह चरणको आफ्नो पहिलो खेलमा एकतर्फी जितका साथ प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको छ ।
समूह सी मा रहेको बायर्नले आफ्नो पहिलो खेलमा तुलनात्मक रुपमा कमजोर न्युजिल्याण्डको अकल्याण्ड सिटी फुटबल क्लबलाई १०–० को भारी अन्तरले हरायो ।
समूह चरणको आफ्नो दोस्रो खेलमा बायर्नले २० जुनका दिन अर्जेन्टिनी क्लब बोका जुनियरसँग खेल्नेछ । त्यस्तै अकल्याण्ड सिटीले भने सोही दिन पोर्चुगिज क्लब बेनफिकाको सामना गर्नेछ ।
प्रतियोगितामा सहभागि कुल ३२ टोलीहरुलाई आठ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछ । फाइनल खेल जुलाई १३ तारीखका दिन हुनेछ ।
Post Comments
Related News