काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच एन्फा यु-१६ युथ लिग सम्बन्धी छलफल भएको छ।
छलफलमा लिग यही २०८२ सालको असार २० गतेबाट सुरु गर्ने निर्णय गरिएको छ। साथै, सहभागी प्रत्येक क्लबलाई तयारी खर्चस्वरूप रु ३,५०,००० प्रदान गर्ने निर्णय पनि बैठकमा गरिएको छ।
प्रतियोगितामा सहभागी क्लबहरूले खेलाडी दर्ताका क्रममा अनिवार्य रूपमा नाबालक परिचयपत्र पनि पेश गर्नुपर्ने छ। क्लबहरूले न्यूनतम खेलाडीहरू असार १५ गतेसम्म अनिवार्य रूपमा दर्ता गरिसक्नुपर्नेछ। त्यस्तै, क्लब दर्ता असार ५ गतेसम्म गर्नुपर्नेछ भने प्रतियोगिताको खेल तालिका असार १६ गते सार्वजनिक गरिनेछ।
एन्फाका महासचिव किरण राईको उपस्थितिमा सम्पन्न छलफलमा एन्फा केन्द्रीय सदस्यहरू मनिष जोशी, पुरुषोत्तम थापा, विकास नारायण श्रेष्ठ, प्रवक्ता सुरेश शाह, सिइओ इन्द्रमान तुलाधर तथा ए डिभिजन क्लबहरूको प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)