News तुवाचुङ, बाक्सिला र नुनथलाको जित
गोलनेपाल

दिक्तेल । खोटाङ जारी छैठौँ सूचन स्मृति केएफए दिक्तेल मेयर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने आजको दोश्रो दिनको क्वार्टर फाइनल खेलमा तुवाचुङ एफसि हलेसि, बाक्सिला एफ सि र नुनथला स्पोर्ट्स क्लब बनेको छ ।

दिक्तेल माटीकोरे खेलमैदानमा विहिवारको पहिलो क्वार्टरमा तुवाचुङ एफसि हलेसिले रणभिम विरुद्द २: ० ले जित निकालेको थियो र उक्त खेलमा म्यान अफ द म्याच जेनिस प्रजापति बनेका थिए !

त्य्सैगरि आजको दोस्र्हो खेलमा बाकसिला एफसिले सोल्मा स्पोर्टिङ क्लबलाइ निर्धारित समय गोल रहित बराबरिमा समापन भएक र टाइ ब्रेकर मार्फत ५:४ ले जित निकालेर सेमि प्रवेश गरेको थियो ! उक्त खेलमा पदम भट्टराइ म्यान अफ द म्याच बनेका थिए ! र आजको अन्तिम क्वार्टर फाइनल खेलमा आयोजक विरुद्द नुनथला स्पोर्टस क्लबले ३:१ को अन्तरले जित निकाल्दै सेमि प्रवेश गरेको छ ! उक्त खेलमा जर्सि न ४ बाबुराम राइ म्यान अफ दि म्याच बनेका थिए ।

Post Comments