मिक्लाजुङ । सहज जितका साथ सयपत्री ब्वाईज युनियन क्लब यहाँ जारी प्रथम सुन्दरी चोक कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
शहिद स्मारक खेलमैदानमा भएको अन्तिम क्वाटरफाइनलमा सयपत्री ब्वाईज युनियनले इन्ट्रा पथरी–११ लाई शून्यका विरुद्ध ४ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो ।
सयपत्री ब्वाईज युनियनका लागि अर्जुन लिम्बुले ह्याट्रिक गर्दा थप एक गोल पुजन चौधरीले गरे । खेलको प्लेयर अफ दि म्याच सयपत्री ब्वाईज युनियनका ह्याट्रिककर्ता अर्जुन लिम्बु घोषित भए ।
प्रतियोगिता अन्तर्गत जेठ ७ गते बुधबारको पहिलो सेमिफाइनल खेल चुलाचुली फुटबल क्लब, दमक र बिराट स्र्पोटिङ क्लब, बिराटनगरबीच हुने आयोजकले जानकारी दियो ।
सुन्दरी चोक टोल विकास तथा सरसफाई समिति, मिक्लाजुङ, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल जेठ १० गतेका दिन हुनेछ ।
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय