काठमाडौं । नेपाली समाज हिमेजी, जापानको आयोजनामा त्यहाँ रहेका प्रवासी नेपालीहरुबीच आउँदो जुन १४ तारीखका दिन प्रथम हिमेजी कप फुटसल प्रतियोगिता हुने भएको छ ।
साथै प्रतियोगितामा सहभागिता जनाउन चाहने जापानमा रहेका इच्छुक क्लबहरुका लागि जुन १२ तारीखसम्म टिमदर्ता समेत खुला गरिएको छ । टिमदर्ता शुल्क ४३,९९९ जापानी येन तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख ५० हजार जापानी येन हात पार्नेछ भने उपविजेताले २ लाख जापानी येन हात पार्नेछ । त्यस्तै तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीले पनि क्रमशः नगद १ लाख र ५० हजार जापानी येनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।
त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताबारे विस्तृत जानकारीका लागि सम्पर्क नम्बरहरु 090-3920-7595, 080-4491-7968, 070-9058-3493 मा सम्पर्क गर्न सकिने छ ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने