News
चुलाचुली स्र्पोटिङ सेमिफाइनलमा
मिक्लाजुङ । चुलाचुली स्र्पोटिङ क्लब, झापा यहाँ जारी प्रथम सुन्दरी चोक कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।
शहिद स्मारक खेलमैदानमा सोमबार भएको तेस्रो क्वाटरफाइनलमा चुलाचुलीलेे बेलबारी फुटबल क्लब , मोरङलाई ३–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । खेलमा भने बेलबारी फुटबल क्लब का डेविड मगर प्लेयर अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत जेठ ६ गते मंगलबारको चौथो क्वाटरफाइनल खेल इन्टरा पथरी ११ एफ.सी , मोरङ र सयपत्री फुटबल क्लब, धरान बीच हुने आयोजकले जानकारी दियो ।
सुन्दरी चोक टोल विकास तथा सरसफाई समिति, मिक्लाजुङ, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल जेठ १० गतेका दिन हुनेछ ।
Post Comments
Related News
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय