पाराग्वेसँग जर्मनी स्तब्ध
गोलनेपाल

काठमाडौं (एजेन्सी) । समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको चारपल्टको विश्वविजेता जर्मनी जारी फिफा विश्वकप २०२६ तर्फ अन्तिम ३२ को नकआउट चरणबाट बाहिरिएको छ ।

मंगलबार बिहान सम्पन्न खेलमा जर्मनीले पाराग्वेसँग पेनाल्टी शुटआउटमा स्तब्धपुर्ण हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो । निर्धारित समयको खेल र थपिएको अतिरिक्त समयको खेलमा पनि १–१ को बराबरी नतिजा निस्किएपछि टाईब्रेकरमा पाराग्वे विजयी बन्यो ।

खेलको ४२औं मिनटमा जुलियो एनसिसोको गोलबाट पाराग्वेले नै खेलमा अग्रता लिएको थियो । तर ५४औं मिनटमा काइ हेभर्जले जर्मनीका लागि बराबरी गोल फर्काएका थिए । टाईब्रेकरमा भने पाराग्वेसँग जर्मनी ४–३ ले निराश बन्यो ।

अब अन्तिम १६ मा पाराग्वेले जुन ३० तारीखका दिन हुने फ्रान्स र स्वीडेन बीचको विजेतासँग खेल्नेछ ।

 

Post Comments