स्पेनसँगै केप भर्डेको ऐतिहासिक नकआउट चरण यात्रा तय
काठमाडौं (एजेन्सी) । पूर्व विश्व विजेता स्पेन र पहिलोपटक सहभागिता जनाईरहेको टापु राष्ट्र केप भर्डे समूह एचबाट जारी फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् ।
समूह एचको अन्तिम खेलमा स्पेनले उरुग्वेलाई १–० ले हराउँदा केप भर्डेले साउदी अरेबियासँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो । केप भर्डेको यो लगातार तेस्रो बराबरी समेत थियो ।
समूहमा तीन खेलबाट ७ अंक जोडेको स्पेन समूह विजेता बन्दा ३ अंकसहित केप भर्डे समूह उपविजेता बन्यो । साथै विश्वकपमा सन् १९९८ मा चिलीपछि लगातार तीन बराबरी खेलेर नकआउट चरणमा पुग्ने केप भर्डे पहिलो टोली समेत बन्यो ।
त्यस्तै समान २–२ अंकका साथ तेस्रो र र चौथो स्थानमा रहेका क्रमशः दुईपल्टको पूर्व विजेता उरुग्वे र साउदी अरेबिया भने समूह चरणबाट बाहिरिएका छन् ।
Post Comments