विश्वकपमा कतारलाई ऐतिहासिक अंक
गोलनेपाल

काठमाडौं (एजेन्सी) । जारी फिफा विश्वकपको समूह बी मा रहेको एसियाली राष्ट्र कतारले सनसनीपूर्ण गोलसँगै ऐतिहासिक अंक बटुलेको छ ।

समूह बी मा रहेको कतारले आफ्नो पहिलो खेलमा तुलनात्मक रुपमा बलियो प्रतिद्वन्द्वी स्वीजरल्याण्डलाई १–१ को बराबरीमा रोक्दै अंक खोस्यो ।

खेलको १७औं मिनटमा ब्रिल इम्बोलोको पेनाल्टी गोलबाट अग्रता लिएको स्वीजरल्याण्डले त्यो अग्रतालाई अन्तिम समयमा जोगाउन सकेन ।

एक समय हार नजिक पुगिसकेको कतारका लागि इन्जुरी समयमा बोआलेम खुखीले गोल गर्दै खेललाई सनसनीपूर्ण बराबरी नतिजामा ल्याएका थिए ।

यो बराबरी नतिजासँगै महत्वपूर्ण एक अंक जोडेको कतारका लागि विश्वकपको इतिहास मै पहिलो अंक समेत हो ।

कतारले अब १८ जुनका दिन आयोजक क्यानडासँग खेल्नेछ भने सोही दिन स्वीजरल्याण्डले बोस्निया एण्ड हर्जगोभिनासँग खेल्नेछ । स्मरण रहोस, क्यानडा र बोस्नियाले पनि आफ्नो पहिलो खेलमा १–१ को बराबरी खेलेका थिए । समूह बी मा चारै टोलीहरुको समान एक–एक अंक रहेको छ ।

Post Comments