
काठमाडौं ९एजेन्सी० । बुधबार बिहान प्रिक्वाटरफाइनलतर्फको अन्तिम खेल सकिएसँगै जारी फिफा क्लब विश्वकपको क्वाटरफाइनल समिकरण पनि पूरा भएको छ । अन्तिम प्रिक्वाटरफाइनलमा बोरुसिया डर्टमुण्डले मोन्टेरेलाई २–१ ले हराउँदै क्वाटरफाइनल प्रवेश गर्ने अन्तिम टोली बन्यो ।
प्रतियोगिताको क्वाटरफाइनल खेलहरु जुलाई ४ तारीखदेखि शुरु हुनेछन् । जुलाई ४ तारीखका दिन हुने पहिलो क्वाटरफाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सले साउदी क्लब अल–हिलालसँग खेल्नेछ । त्यस्तै सोही दिन हुने दोस्रो क्वाटरफाइनलमा अर्को ब्राजिलियन क्लब पाल्मिरासले इङलिस क्लब चेल्सीको सामना गर्नेछ ।
त्यस्तै जुलाई ५ तारीखका दिन हुने तेस्रो क्वाटरफाइनलमा दुई हेभिवेट टोली पेरिस सेन्ट जर्मेन ९पिएसजी० र बायर्न म्युनिख भिड्ने छन् । त्यसैगरी सोही दिन हुने चौथो तथा अन्तिम क्वाटरफाइनलमा पाँचपल्टको विजेता रियल मेड्रिडले बोरुसिया डर्टमुण्डको सामना गर्नेछ ।