Gorkhalis Abroad
सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमानको निधन

पोखरा । मोफसलसँगै स्वदेश तथा विदेशमा फरक पहिचान बनाएको सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीको निधन भएको छ । लामो समयदेखि फोक्सोको रोगबाट पीडित थकालीको शनिबार निधन भएको हो ।
उनको अष्ट्रेलियामै नेपाली समयअनुसार शनिबार साँझ साढे ५ बजे निधन भएको सहारा क्लब पोखराका पूर्व अध्यक्ष विक्रम थकालीले पुष्टि गरे । ५० वर्षीय राजमानका श्रीमती र २ जना छोराहरु छन् । उनको नेपालमा पोखरा ८, नागढुंगामा घर छ ।
पोखराको सभागृहचोकस्थित मुग्लान रेष्टुरेष्ट तथा पोखरामै संचालित मिमाअस कन्सल्टेन्सीका संचालक राजमान लामो समयदेखि अष्ट्रेलियामै बसोबास गर्दै आएका थिए ।
फुटबल खेलमा अभिरुची राख्ने उनी सहाराले अष्ट्रेलियामा बिस्तार गरेको आफ्नो शाखामा उनी संस्थापक अध्यक्ष भइ फुटबलसँगै अन्य समाजससेवा गर्दै आएका थिए ।
Post Comments
Related News
- ताप्लेजुङ गोल्डकपलाई फुङलिङ नगरपालिकाको सात लाख सहयोग
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधि सिसास खोक्लिङलाई
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधिका लागि सिसास खोक्लिङ र ढुंगेसाघु भिड्ने
- ताप्लेजुङ: प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनल समिकरण पूरा
- सिसास खोक्लिङ प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनलमा