ANFA बिराटनगरसँग आयोजक पानबारी निराश
गोलनेपाल

धरान । विराटनगरसँग सडनडेथमा पराजित हुँदै आयोजक पानबारी फुटबल क्लब गोल्डकपबाट बाहिरिएको छ ।  निर्धारित समयको खेल गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा समेत ५–५ गोलको बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट लिइएको थियो । सडनडेथमा पानबारीका सुबास मगरको प्रहार पुलिसका गोल किपर बाल्मिकी राईले बचाएपछि पानबारी पराजित भएको हो ।

विजयी भएको टोली पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा पुलिसकालागी रमेश राजवंशी, अजय परियार, अभिषेख आलेमगर, सुमित प्रधान, दिलबहादुर तामाङ, समिर लिम्बू र सन्दिप भुजेलले गोल गरे ।

पानबारीका अजय बिष्ट, विजय भुजेल, मिन धिमाल, गोविन्द कार्की, पुर्ण चोङबाङ र तिर्थ बस्नेतले गोल गरे । खेलको म्यान अफ द म्याच पुलिसका गोल किपर बाल्मिकी राई घोषित भए । उनलाई नगद २ हजार १ सय पुरस्कार दिइएको थियो ।

भोली एपिएफ पकली र आइआरएफसी काठमाडौबीच खेल हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको विजेता टिमले नगद १ लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछ ।

Post Comments