ANFA सारस्वरनाथ गोल्डकप शुरु, एभरेष्टको विजयी शुरुवात
गोलनेपाल

सिरहा । शनिबारदेखि शुरु भएको सारस्वरनाथ गोल्डकप प्रदेशस्तरीय खुला नकआउट फुटबल प्रतियोगितामा एभरेष्ट फुटबल क्लब, सर्लाहीले विजयी शुरुवात गरेको छ ।

सिराहा नगरपालिका–१२ स्थित सारस्वरनाथ माविको खेलमैदानमा भएको उद्घाटन खेलमा एभरेष्टले नमो बुद्ध युथ क्लब, सप्तरीलाई टाईब्रेकरमा ४–३ ले हराउँदै विजयी शुरुवात गरेको हो ।

खेलमा एभरेष्टका अरुण ब्लोन म्यान अफ द म्याच घोषित भए । यो जितसँगै एभरेष्ट सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बैशाख २३ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल हिम कस्तुरी युवा क्लब, लहान र ठोकर टोल फुटबल क्लब, रौतहट बीच हुने आयोजकले जानकारी दियो ।

सिरहा नगरपालिका वार्ड नम्बर १२ को कार्यालयको आयोजनामा शुरु प्रतियोगिताको फाइनल खेल भने यही बैशाख २९ गतेका दिन हुनेछ ।

Post Comments