ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर २२ मा अवस्थित सुनाकोठी स्पोर्टिङ क्लबको 7A side फुट्सल मैदानमा लक्की स्टार युथ क्लबले आयोजना गरिरहेको रातो मछिन्द्रनाथ कप लिक कम नकआउट प्रतियोगिता अन्तर्गत मङ्गलबार समूह चरणका कुल १२ खेल सम्पन्न भएका छन्।
सहभागी ४१ विद्यालयहरूलाई १६ वटा ग्रुपमा विभाजन गरी हरेक समूहको विजेता र उपविजेता प्रतियोगिताको राउन्ड अफ ३२ यानिकी नकआउट चरणमा प्रवेश गर्ने तालिका छ।
मङ्गलबार सम्पन्न समूह बीको खेलमा मयुर एकेडेमीलाई ७–० र रिजेन्ट रेसिडेन्टलाई ५-० ले पराजित गर्दै समूह विजेताको रुपमा ब्लोम नेपाल नकआउट चरण प्रवेश गर्यो। मयुर एकेडेमीलाई ५-० ले पराजित गर्दै रिजेन्ट रेसिडेन्ट समूह उपविजेताको रूपमा नकआउट चरण पुगेको छ।
त्यसैगरी समूह एनबाट ललितपुर माध्यमिक विद्यालय समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गर्दा एभरेस्ट स्कुल उपविजेता बन्दै नकआउट चरण प्रवेश गरेको छ। ललितपुर माध्यमिकले आफ्नो पहिलो खेलमा एभरेस्ट स्कुललाई ४-१ तथा दोस्रो खेलमा प्रगति आदर्श स्कुललाई १-० गोलले हराएको थियो। उपविजेता बनेको एभरेस्ट स्कुल प्रगति आदर्शलाई १-० गोलको नतिजामा पराजित गर्यो।
त्यस्तैगरी समूह डी तर्फबाट युनाइटेड स्कुल सत प्रतिशत जितसहित समूह विजेता हुँदा दीपमाला स्कुल उपविजेताको रुपमा नकआउट चरण प्रवेश गरेका हुन्। युनाइटेडले पहिलो खेलमा दीपमाला स्कुललाई २-१ तथा दोस्रो खेलमा न्यु मिलेनियम स्कुललाई २-० ले हराउँदै समूह विजेता बनेको थियो। उक्त ग्रुपबाट उपविजेता बनेको दीपमालाले न्यु मिलेनियम स्कुललाई ५-२ को नतिजामा पराजित गरेको थियो।
त्यसैगरी समूह जे अन्तर्गत पिन्नाकल स्कुल शतप्रतिशत जितसहित समूह विजेता बन्दा ग्रास एकेडेमी उपविजेताको रूपमा नकआउट चरण प्रवेश गरेका हो। पिन्नाकलले पहिलो खेलमा ग्रास एकेडेमीलाई १-० तथा दोस्रो खेलमा सत्यकी पाठशालालाई २-१ गोल अन्तरले हराएको थियो। ग्रास एकेडेमीले सत्यकी पाठशालालाई २-० गोलले हराउँदा उपविजेता हुन सफल भएको थियो।
बुधबार समूह सी अन्तर्गत आदर्शिला एकेडेमी, आदर्श सौल स्कुल र बालकुञ्ज सेकेन्डरी स्कुल प्रतिस्पर्धा गर्नेछन् त्यसैगरी समूह के मा भज्र एकेडेमी, श्री रुद्रयानी स्कुल र लिटल स्टार स्कुलले प्रतिस्पर्धा गर्नेछन् यसैगरी समूह ओ अन्तर्गत फ्युचर स्टार स्कुल र माउन्ट ओलाइभ प्रतिस्पर्धा गर्नेछन् साथै अन्तिम ग्रुप पी अन्तर्गत उन्नति स्कुल , ब्राइट फ्युचर स्कुल र पुबोस स्कुल प्रतिस्पर्धा गर्दै हरेक ग्रुपबाट दुई टोलीले नकआउट चरण प्रवेश गर्नेछन्।
नकआउट चरणका खेलहरू पनि बुधबारबाटै सुरुवात हुने क्लबका अध्यक्ष किशोर महर्जनले जानकारी दिनुभयो।