सप्तरीः सप्तकोशी नगरपालिका फत्तेपुर-१ अवस्थित सहिद स्मृति रंगसालामा सप्तकोशी नगरपालिकाको मुख्य प्रायोजन तथा नगर खेलकुद विकास समितिको आयोजना र न्यू त्रियुगा स्पोर्टस् कल्बको सह-आयोजनामा सञ्चालन भैइरहेको तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिता-२०८३ आज प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल सम्पन्न भएको छ। उक्त खेलमा सतिसाले स्पोर्टिङ्ग क्लब, मोरङ्ग ले इटहरी फुटबल क्लब, सुनसरी लाई ३-१ को गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।
खेलको पहिलो हाफ निकै रोचक बन्दै जाँदा इटहरी फुटबल क्लब तर्फबाट खलको निर्धारित समयको १५औं मिनेटमा युगेन राइले उत्कृष्ट फनिसिङ्ग सहित जाली छुमाउदै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । त्यसैगरी दोस्रो हाफमा सतिसालेको लागि खेलको ५६औं मिनेटमा सिजल राईको कर्नर किकमा टिम कप्तान अनिष पुलामी मगरले उत्कृष्ट हेडर मार्फत गोल गरेर खेलमा फर्किएको थियो।
त्यसपछि उक्त खेल निकै नै प्रतिस्पर्धातर्फ जाँदै थियो र सोही क्रममा खेलको ५८औं मिनेटमा पुनः सतिसाले को लागि फागुराम थारुले उत्कृष्ट एक्रोबेटिक भलि प्राहार मार्फत जाली छुमाउएर टोलीलाई अझ अग्रता दिलाए। त्यसैगरी समय बित्दै थियो र खेल निकै नै रोमाञ्चक बन्दै जाँदा पुनः सतिसालेको लागि फागुराम थारुले व्याक टु व्याक व्यक्तिगत दोस्रो गोल गरेर टोलीको जित सुनिश्चित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको हो।
खेलमा उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत दुई गोल समेत गरेका सतिसाले का फाहुराम थारु ' म्यान अफ दि म्याच 'बन्दै नगद रु.२५०० सहित ट्रफि प्राप्त गरे।
प्रतियिगितामा बिजेता बन्ने टिलीले नगद रु. दुई लाख र उपबिजेता टोलीले नगद रु. एक लाख सहित ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन् भने विभिन्न विधामा उत्कृष्ट खेलाडिलाइ विधागत पुरस्कारको पनि व्यवस्था रहेको छ।
- रकम हिनामिनाको आरोपमा पूर्व एन्फा अध्यक्ष शेर्पा पक्राउ (पत्रसहित)
- फिफाको निलम्बनले नेपाली फुटबलमा गम्भीर असरः के गर्न मिल्छ, के मिल्दैन ?
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन