ANFA एकता युवा क्लब सेमिफाइनल प्रवेश गर्ने तेस्रो टोली
गोलनेपाल

सोनापुर । एकता युवा क्लब, इटहरी, सुनसरी यहाँ जारी प्रथम वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।

प्रतियोगिताको तेस्रो क्वाटरफाइनलतर्फ एकताले पूर्वाञ्चल युनाइटेड क्लब, मोरङलाई शून्यका विरुद्ध २ गोलको अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

खेलमा एकता युवा क्लबका बिजय उराउ म्यान अफ दि म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तर्गत असार १७ गतेको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल मेमोरी युवा क्लब, सोनापुर, सुनसरी र श्री हरैचा मोरङ स्पोर्टस क्लब, मोरङबीच हुने आयोजकले जानकारी दियो ।

दुहबी नगरपालिका वडा नम्बर ८ को कार्यालय, सोनापुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार २१ गतेका दिन हुनेछ ।

 

Post Comments