
चितवन । डन एकेडेमी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज (बिहीबार) सम्पन्न पहिलो सेमिफाइनलमा आदिकवि भानुभक्त माविलाई हराउँदै डन उपाधि नजिक पुगेको हो ।
भरतपुर ७ कृष्णपुरको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा डन टाइब्रेकरमा ३-० ले विजयी भयो । उसको जितमा गोलकिपर राघव बराकोटी नायक बने । उनले टाइब्रेकरमा भानु माविको लगातर दुई प्रहार बचाएका थिए । टाइब्रेकरमा भानु माविको पहिलो प्रहार क्रस बारमा लागेको थियो भने दोस्रो र तेस्रो लगातार दुई प्रहार डनका किपरले रोकेका थिए ।
त्यस अघि निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । निर्धारित समयमा भानु माविले तुलनात्मक रुपमा बढी मौका पाए पनि सदुपयोग गर्न भने सकेन । डनका गोलकिपर राघव प्लेयर अफ दि म्याच भए । उनी लगातार क्वाटरफाइनल र सेमिफाइनलमा प्लेयर अफ दि म्याच भएका हुन् ।
- ताप्लेजुङ गोल्डकपलाई फुङलिङ नगरपालिकाको सात लाख सहयोग
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधि सिसास खोक्लिङलाई
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधिका लागि सिसास खोक्लिङ र ढुंगेसाघु भिड्ने
- ताप्लेजुङ: प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनल समिकरण पूरा
- ताप्लेजुङको थलङमा प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कप शुरू