मलेसियामा बसोबास गर्ने नेपाली समुदायका लागि सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हिमालयन गोल्डकपको आठौँ संस्करण भव्य रूपमा सुरु हुन लागेको छ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकका अध्यक्ष सन्तोष कार्कीले जानकारी दिनु भएको छ।
आइतबार (फेब्रुअरी ८) क्वालालम्पुरस्थित होटल ग्राण्ड कण्टिनेन्टल मा आयोजित विशेष समारोहबीच गोला प्रथामार्फत १६ टिमको खेलतालिका (टाइसिट) सार्वजनिक गरिएको हो। कार्यक्रममा मलेसियामा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सहभागी टिमका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।
सो अवसरमा नेपाली फुटबल एसोसिएसन मलेसिया का अध्यक्ष हेमप्रसाद भट्ट ले सहभागी १६ टिमका खेलाडीहरूलाई परिचयपत्र तथा एक–एक थान फुटबल वितरण गर्नुभयो। अध्यक्ष भट्टका अनुसार परिचयपत्र प्राप्त खेलाडीहरूले प्रतियोगिताको क्रममा हुन सक्ने दुर्घटनाका लागि नेपाली रुपैयाँ पाँच लाख बराबरको बीमा सुविधा प्राप्त गर्नेछन्।
प्रतियोगिताको उपाधि विजेताले मलेसियन रिंगेट ४१ हजार ५ सय, उपविजेताले २१ हजार रिंगेट पुरस्कार पाउनेछन्। साथै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने सर्वोत्कृष्ट खेलाडीलाई १ हजार रिंगेट प्रदान गरिनेछ।

- आयोजक अरनिको युवा क्लब लगातार दोस्रोपटक अरनिको सैनिक कपको विजेता
- भानु युवा क्लब सातौं अरनिको सैनिक कपको फाइनलमा
- आयोजक अरनीको युवा क्लब लगातार दोस्रोपटक फाइनल खेल्दै
- सुदूरपश्चिम प्रदेश प्रहरी र अरनीको युव कञ्चनपुर सातौं अरनीको सैनिक कपको सेमिफाइनलमा
- भानु युवा क्लब र अरनिको युवा क्लब सातौं अरनीको सैनिक कपको क्वाटरफाइनलमा