चौथो रियाद कपको तयारी पूरा (खेलतालिकासहित)

काठमाडौं । साउदी अरेबियामा नेपाली समुदायद्वारा स्थापित रियाद फुटबल क्लबको आयोजनामा यही जुन ५ र ६ तारीखका दिन हुन गईरहेको चौथो रियाद कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
रियाद स्थित रबिया हस्पिटल नजिकको खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिकक गरिएको छ । कुल १८ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल र समापन जुन ६ तारीख कै दिन हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ हजार साउदी रियाल हात पार्नेछ भने उपविजेताले ३ हजार साउदी रियालसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments